१९ श्रावण २०८३, मंगलवार
,
Latest
उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रश्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रातृ संगठनको भदौ १५ भित्र तदर्थ समिति गठन गर्न कांग्रेसमा प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र गठन गर्ने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले उक्त प्रस्ताव गर्नुभएको हो ।

उहाँले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राख्नुभएको हो ।

म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उहाँले प्रस्ताव गर्नुभएको छ ।

उहाँका अनुसार सबै भ्रातृ संस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३र३ महिना प्रथति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।