२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

चैते धान खेती प्रवर्द्धन गरिँदै

चैते धान खेती प्रवर्द्धन गरिँदै
फाईल फोटो
अ अ+ अ-

गण्डकी । गत वर्ष गण्डकी प्रदेशका किसानले पाँच हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा एक हजार सात सय ३५ हेक्टरले कम हो ।

रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेको थियो । उक्त वर्ष किसानले सात हजार छ सय पाँच हेक्टरमा चैते धान रोपेका प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चैते धानको उत्पादन घटेको पाइए पनि गत वर्ष आठ दशमलव ४६ प्रतिशतले उत्पादकत्व वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव ६७ मेट्रिक टन उत्पादन भएको थियो ।

उत्पादन राम्रो दिने भए पनि बर्सेनि रोपाइँको क्षेत्रफल खुम्चदैँ जान थालेपछि प्रदेश सरकार र स्थानीय तहले चैते धान खेतीको प्रवद्र्धन थालेका छन् । चैते धानमा किसानलाई आकर्षित गर्न ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।

“यस वर्ष नवलपुर, तनहुँ र गोरखामा विशेष बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत चैते धानलाई समेटेका छौँ, अरू जिल्लाका किसानलाई पनि यसतर्फ प्रोत्साहित गर्छौं”, उहाँले भन्नुभयो, “किसानलाई सिँचाइ, बीउबिजन, उपकरण, प्रविधिलगायत आवश्यक सामाग्रीमा प्रदेश सरकारले सहयोग गर्छ ।”

प्रमुख रेग्मीले बर्सातका बेला भित्र्याउनुपर्ने हुँदा धान सुकाउनका लागि किसानलाई ९सोलार ड्रायर० को खाँचो रहेको बताउनुभयो । ठूलो मात्रामा उत्पादन गर्ने किसानको धानलाई बजारको सुनिश्चितताका लागि प्रदेश सरकारले सहजीकरण गर्ने उहाँको भनाइ थियो । “मिल सञ्चालक र व्यापारीसँग जोडेर सहज रुपमा धान बिक्री गर्न सकियो भने किसान चैते धानमा आकर्षित हुन्छन्”, प्रमुख रेग्मीले भन्नुभयो ।

उब्जाउ जमिन नासिँदै जाँदा चैते मात्र नभएर समग्र धान खेतीको क्षेत्रफल बर्सेनि घटिरहेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ । वर्षे धानको तुलनामा चेतै धानको क्षेत्र अझ खुम्चँदो छ ।

पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले चैते धान खेती लगाउने किसानलाई महानगरले प्रोत्साहन रकम दिने गरेको बताउनुभयो । उहाँका अनुसार महानगरले वडा नं १४, १५, २६ र २७ मा ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको छ ।

यस वर्ष वडा नं २६ मा चैते धान खेती गर्ने दुई सय ९५ र वडा नं २७ का एक सय दुईजना किसानलाई प्रतिरोपनी रू नौ सयका दरले प्रोत्साहन रकम प्रदान गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । वडा नं १४ र १५ मा दुई सय ५० रोपनीमा चैते धान लगाएका किसानले पनि प्रोत्साहन रकम बुझेको उहाँको भनाइ थियो ।

“चैते धान खेती विस्तारका लागि प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरिएको हो, गत वर्षदेखि किसानले उन्नत जातका बीउ लगाउन सुरु गरेका छन्, उत्पादन बढेपछि किसान पनि खुसी छन्”, उहाँले भन्नुभयो, “नयाँ सिफारिस भएको जात चैते–५ धेरै राम्रो छ, उत्पादन बढी दिन्छ, फल भुइँमा झर्दैन, दाना पनि पहिलेको भन्दा सानो छ ।”

वर्षेको तुलनामा चेतै धान पाक्न १५/२० दिन जति ढिलो हुने हुँदा लगाउने समयलाई अगाडि सार्नुपर्ने देखिएको प्रमुख कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरमा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ । “बाह्रैमास सिँचाइ सुविधा भएका र खोला आसपास क्षेत्रका खेतमा चैते धान लगाउन सकिन्छ, एउटै खेतमा दुई पटकसम्म धान रोप्दा चामलको आयात पनि घट्छ, किसानले धान बेचेर आयआर्जन गर्न सक्छन्”, उहाँले भन्नुभयो ।

चैते धानसहित अन्य रैथाने बालीको संरक्षणमा महानगरले सहयोग गर्दै आएको प्रमुख कडरियाको भनाइ थियो । उहाँले जथाभावी रुपमा उब्जाउ फाँट घरघडेरीमा परिणत हुँदा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको बताउनुभयो । कृषियोग्य जग्गामाथिको अतिक्रमण रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरा–२६ को वडास्तरीय कृषि सञ्जालका अध्यक्ष केशव ढुङ्गानाले चैते धान खेतीका लागि उन्नत बीउबिजन, सिँचाइ आदिमा किसानलाई सहयोग आवश्यक देखिएको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको धानको बिक्रीका लागि प्रदेश सरकार र महानगरले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ उन्नत जातको चैते धानले बढी उत्पादन दिएपछि चैते धान खेतीमा किसान हौसिएको उहाँको भनाइ छ ।

तीन मुरी वर्षे धान फल्ने खेतमा चैते धान पाँच मुरीसम्म फल्ने गरेको किसान बताउँछन् । गण्डकी प्रदेशमा नवलपुरको मध्यविन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । अन्य जिल्लामा पनि केह िमात्रामा खेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा दस हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती हुने गरेको बताउनुभयो । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ थियो ।

“चैते धान भित्र्याउने बेला वर्षातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ । पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”

सिँचाइको असुविधा, गुणस्तीय बीउ तथा मलको अभाव, धानको उचित मूल्य नपाउनु, हावापानीमा परिवर्तन जस्ता समस्या किसानले व्यहोर्दै आएका उहाँले बताउनुभयो । चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । तराईदेखि उच्चपहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् । रासस