१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली मुद्रा र नक्कली सुनसहित एक पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली सुन र नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका–१० घर भएका ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री रहेका छन् । उनलाई प्रहरीले असार ३० गते नागार्जुन नगरपालिका–२ सानोभर्याङस्थित उनको कोठाबाट नक्कली सुन र नक्कली मुद्रासहित पक्राउ गरिएको हो ।

काठमाडौँ–३ बसुन्धरास्थित वडा एरियाअन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको अधिकृतसहितको टोलीले केही मानिसहरुको साथबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारी सोधपुछ गर्दा खत्री क्षेत्रीको कोठाबाट पनि नक्कली सुन र नक्कली मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले ती सामानहरु बरामद गरी मुद्रासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

निज खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौँ–१० बस्ने ४५ वर्षीय विनयकुमार सिंहको साथबाट प्र्रहरीले २००० दरका भारतीय नक्कली नोटजस्तो देखिने ४ थान, १००० दरको नेपाली नक्कली नोटजस्तो देखिन ६ थान, ५०० दरको भारतीय मुद्राजस्तो देखिने ४ थान, १ किलो फाइन गोल्ड लेखिएको सुन जस्तो पहेँलो धातु राखिएको क्यूआर कोड राखिएको २०० प्याकेट, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १०० थान, बागमती प्रदेश–०२–०४१ प ९८८५ नम्बरको २२० सि।सि। को एउटा पल्सर मोटरसाइकल, एउटा लेमिनेसन मेसिन र २ वटा मोबाइल बरामद गरेको छ ।