• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले बजेटको आकार वृद्धि ★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड

मलेसियामा नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन



काठमाडौँ । क्वालालाम्पुर–भैरहवा–काठमाडौँ उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन समिति गठन गरिएको छ ।

निगमको आरए ४२२ उडान भर्नु अगाडि ९एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको बताइएको छ ।

यद्यपि अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ ।

निगमले के कारणले यस्तो प्राविधिक समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडिीबढाएको बताएको छ ।

कम्पनीले उडान ढिला भएको प्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने बताएको छ ।