२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’
अ अ+ अ-

‘आए म त खैजरीको तालै सुनेर
दिए मन तिमीलाई नै हजारौँमा चुनेर ।
जिन्दगी त दुई दिनको पाहुना हो
बिताउँ जुनी हाँसेर माया गाँसेर ।।’

गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि ?भन्ने चिन्ता छ, मगर समुदायलाई ।

यही चिन्तालाई मध्यनजर गर्दै पछिल्लो समय मौलिक कौराहा संस्कृति जोगाउन तल्लिन छन् मगर समुदाय । केटाले गीत गाएर खैजरी र मुजुरा बजाउँदै केटीलाई नचाउने कौराहा नृत्य नेपालमा मगर समुदायको परम्परा लोकप्रिय नाच हो । सोही परम्परा जोगाउन पछिल्लो समय मगर युवायुवती नै लागिपरेका छन् । नेपाल मगर सङ्घ कास्की कदममार्ग चाउथे एकाइ समितिका युवायुवती मगर समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा पुगिहाल्छन् । मगर पोशाकमा सजिएका उनीहरू खैजरी र मुजुराको तालमा कम्मर मर्काउन सुरु गरिहाल्छन् ।

कदममार्ग चाउथे एकाइ समितिका कलाकार सीमा रानामगर आफ्नो संस्कृति हराउने हो कि ? भन्ने चिन्ताले केही समयअघि सिकेर नाच्दै हिँडेको बताउनुहुन्छ । “मैले सिकेको पाँच–छ महिना भयो । हामीले नसिके हाम्रो संस्कृति नै हराउने हो कि भन्ने चिन्ता थियो”, सीमाले भन्नुभयो, “युट्युबमा आएको गीतमा त पहिला पनि नाचेको थिएँ । तर खैजरी र मुजुरा बजाएर प्रत्यक्ष नाच्नु हाम्रो परम्परा रहेछ । अहिले बल्ल थाहा भयो ।” उक्त समूहमा अहिले १० जनाले नृत्य गर्ने गरेको उहाँले सुनाउनुभयो । “हामी अहिले १० जना छौँ । हामीले केही भए पनि जानिसकेका छौँ”, सीमाले भन्नुभयो, “हामीले जानेपछि पछि आउने पुस्तालाई पनि सिकाउन सजिलो हुन्छ ।”

सोही समूहमा खैजरी बजाउने अनि गीत गाउने क्याप्टेन ताराबहादुर रानामगरले लोप हुन थालेका कौराहा संस्कृति बचाउन सफल भएको बताउनुहुन्छ । “केही समयअघि त संस्कृति लोप नै हुने हो कि ? भन्ने साह्रै चिन्ता थियो”, ताराबहादुरले भन्नुभयो, “पछि हामीले नै हाम्रो संस्कृति जोगाउनुपर्छ भनेर लागेपछि युवायुवतीले पनि रुचि राखेर सिके । अब चाहिँ बचाउन सकिन्छ भन्ने लागेको छ ।”

कदममार्ग एकाइले जस्तै देशभरका नेपाल मगर सङ्घ अन्तर्गतका अरु समाजले पनि मौलिक कौराहा नाच्ने गरेको उहाँले बताउनुभयो । “पोखरामा अगल–अगल जिल्लाका मगर समुदायका मानिसको बसोबास छ । त्यसैले चुनौती पनि थियो । तर हामीले आँट्यौँ”, उहाँले भन्नुभयो, “बूढापाका अनि नानीबाबुलाई बोलाएर सिक्यौँ अहिले त सजिलो भएको छ । हामीले जस्तै अरु समाजले पनि सिक्दै हुनुहुन्छ ।” पुरानो घर तनहुँ बताउनुहुने ताराबहादुरले गाउँघरको जस्तै कौराहा जोगाउन सकेकामा खुसी व्यक्त गर्नुभयो । तनहुँतिरको मौलिक कौराहाको गीत उहाँले यसरी सम्झनुभयो ।

‘खैजरी के को छालाको
नानी त रैछ बाजेको पालाको ।
पछ्यौरीको छेवै भिज्यो तिम्ले माया मार्दा
यो नानीको मायाले गर्दा ।।’

राष्ट्रिय मौलिक कौराहा संरक्षणका लागि समिति नै गठन गरेर काम गरिरहेको राष्ट्रिय मौलिक कौराहा संरक्षण नेपालका अध्यक्ष हर्क आलेमगरले बताउनुभयो । विसं २०७३ मा स्थापना भएको समितिले सोही वर्ष मौलिक कौराहाको राष्ट्रिय सम्मेलन गरेको उहाँले जानकारी दिनुभयो । “स्थापनापछि हामीले दमौलीमा राष्ट्रिय सम्मेलन गर्‍यौँ । त्यहाँ कौराहाको पृष्ठभूमिसहित परिभाषामाथि चर्चा भयो”, अध्यक्ष आलेमगरले भन्नुभयो, “पृष्ठभूमिको दस्तावेजीकरणका लागि हामीले दमौली घोषणापत्र जारी गर्यौँ ।”

दमौली घोषणापत्र जारी भएपछि समूह निर्माण गरी संरक्षणका लागि विभिन्न जिल्लामा पुगेको उहाँले सुनाउनुभयो । “यसको विकृति बढिरहेकाले मौलिकता जोगाउनुपर्छ भनेर समूह निर्माण विभिन्न जिल्लामा पुग्यौँ”, उहाँले भन्नुभयो, “जसले जस्तो किसिमले नाच्ने गाउने गरे पनि पहिला यसरी नाचिन्थ्यो भनेर मौलिकता देखाउन खोजिएको छ ।” पत्रकारिताका माध्यमबाट मौलिक कौराहा संरक्षणका लागि ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार’को स्थापना गरेको पनि उहाँले जानकारी दिनुभयो । रासस