१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी मुद्राको विनिमय दर, मंगलबार कुन दरमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको विनिमय दरमा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ रहेको छ भने बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ थयो भने बिक्री दर १३१.७७ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,नेपाल राष्ट्र बैंकले युरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसामा खरिदबिक्री कायम गरेको छ । हिजो युरो एकको खरिद दर १४७.२९ रुपैयाँ र बिक्री दर १४७.९६ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ र बिक्री दर ८९.६५ रुपैयाँ तोकिँदा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

राष्ट्र बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसामा कारोबार हुने जनाएको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहँदा बिक्री दर ३५.६ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९८ रुपैयाँ तोकिएको छ ।