२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

पुन: रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’

पुन: रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’
अ अ+ अ-

काठमाडौँ।१८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लागि रुचिकर बनेको सञ्जाल ‘टिकटक’ले यो गीतलाई पुनरुज्जीवन दिलायो । यो गीत ‘भाईरल’भएसँगै युट्युब लगायतका विभिन्न प्लाटफर्ममा करोडौँपटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन् ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुन:रेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ । गीतको एरेन्ज पनि पुन: गरिएको छ । पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन् । गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुन: स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा गायक-गायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो । यो गीतको अडियोको प्रतिलिपी अधिकार चलचित्रसँगै साईराम पिक्चर्सले लिएको थियो । गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

कार्यक्रममा बोल्दै गायक कार्कीले बर्षौंपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए । उनले १८ बर्ष पहिले नै आफुले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुशी भएको बताए । गीतकार थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे । गायिका शाक्यले १८ बर्ष पहिले पनि चर्चित बनेर धेरै स्टेजमा यो गीत गाएको सम्झना गर्दै पुन: चर्चामा आउँदा सपना जस्तो लागिरहेको बताईन् ।

निर्देशक आचार्यले ‘कर्तव्य’ चलचित्रको समयमा पनि आफुले यो गीतको प्रचार-प्रसार गरेको सम्झना गर्दै नयाँ भर्सनमा आफुले निर्देशन गर्न पाउँदा खुशी भएको बताए । भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक बिजेश पौडेल हुन् । प्रोडक्शन डिजाईन दिपेन गौतम ‘माईकल’ले गरेका छन् ।