२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

गलेश्वरधामा भक्तजनको घुइँचो

गलेश्वरधामा भक्तजनको घुइँचो
अ अ+ अ-

बेनी । म्याग्दीको बेनीनगरपालिका –९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा पूजापाठ गर्न भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा धवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सोमबारका दिन भक्तजनको घुइँचो लाग्ने भएकाले कोषका अध्यक्ष रेग्मीको संयोजकत्वमा १०२ सदस्य मूल तयारी समिति र विभिन्न २३ वटा उपसमितिले पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गरेका छन् । शालिकग्राम पाइने एक मात्रै कालीगण्डकी नदीको किनारस्थित विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै, बागलुङ, पर्बत, कास्कीलगायत क्षेत्रबाट भक्तजन आएका छन् । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

गलेश्वरमा आज २५ हजार बढी भक्तजनले पूजापाठ गर्ने कोषको अनुमान छ । भक्तजनको सहजताका लागि विभिन्न सङ्घ संस्था, क्लब र विद्यालयले स्वयमसेवकको भूमिका निर्वाह गरेका छन् । कालीगण्डकी नदीको किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वासले साउन महिनामा यहाँ भक्तजनाको भीड लाग्ने गर्छ ।

विशेष गरेर विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ । गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रीमा विशेष धार्मिक मेला लाग्ने गर्छ ।

मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तीर्थस्थलको रुपमा परिचित छ । गलेश्वरमा भक्तजनबाट सङ््कलन हुने भेटीलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शीरुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट सङ्कलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्चिदै आइएको छ । गलेश्वरमा आउने हजारौँ भक्तजनकाकारण मन्दिरमा चढाउने नरिवलसँगै फूलप्रसादको व्यापारसमेत ह्वात्तै बढ्ने गरेको छ । रासस