१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाइन् सम्पत्ति विवरण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका माननीय उपाध्यक्ष उर्मिला अर्यालले आर्थिक बर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी छन् ।

उपाध्यक्ष अर्यालले आज सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा गएर सम्पत्ति विवरण बुझाएकी हुन् ।

उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । उपाध्यक्ष उर्मिला अर्यालले गरी बुझाएको आर्थिक बर्ष २०७९/८० को सम्पत्ति विवरण यस प्रकारको छ:

१. घर जग्गा
क. प्युठान न.पा वडा नं ४ मा ‍घडेरी २ रोपनी श्रीमान यमबहादुर थापाको नाममा रहेको (स्रोत पैतृक) ।
ख. प्युठान न.पा वडा नं ४ मा ‍जग्गा १३ रोपनी श्रीमान यमबहादुर थापाको नाममा (स्रोत पैतृक) ।
ग. पर्सा विरगञ्ज महानगरपालिका वडा नं १४ मा ‍जग्गा ३ कठ्ठा ८ धुर श्रीमान यमबहादुर थापाको नाममा रहेको स्रोत श्रीमानको र आफ्नो आयबाट खरिद गरिएको ।
घ. बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा १८ आना घडेरी रु ४ करोडमा किनेको । स्रोत बालकोटको घर जग्गा बेचेको पैसा र सावल सहकारी संस्थाबाट रु २ करोड ५३ लाख ऋण लिएर खरिद गरेको ।

गरगहना
क. सुनको गहना १२ तोला स्रोत दार्इजो बापत प्राप्त ।
ख. हिराको गहना १ सेट स्रोत दार्इजो बापत प्राप्त ।
ग. निलमको गहना १ सेट स्रोत दार्इजो बापत प्राप्त ।
घ. चाँदी अन्दाजी ३०० तोला स्रोत स्वआर्जन र श्रीमानको आर्जनबाट किनेको र दार्इजो तथा उपहार वापत प्राप्त समेत ।

नगद तथा बैंक मौजदात
एभरेष्ट बैंक र राष्ट्रिय बाणिज्य बैकमा गरेर जम्मा ७४०००।–
धितोपत्र, शेयर
१. एभरेष्ट बैंकको ४०० कित्ता साधारण शेयर ।
२. साहस उर्जा कम्पनी लि. २५० कित्ता साधारण शेयर ।
३. अन्य विभिन्न कम्पनीहरुको ३०० कित्ता साधारण शेयर ।
४।.हिमालयन उर्जा कम्पनीको २८००० कित्ता साधारण शेयर श्रीमान यमबहादुर थापाको नाममा रहेको ।
शेयर खरिदको स्रोत स्वआर्जन र श्रीमानको आर्जनबाट विभिन्न समयमा खरिद गरिएको ।

ऋण लिएको र तिरेको
२०७० सालमा बुढानिलकण्ठ न.पा.वडा नं ४ मा जग्गा खरिद गर्न सावल सहकारी संस्थाबाट २ करोड ५३ लाख ऋण लिएकोमा विरगञ्जमा २ कठ्ठा जग्गा, भक्त्तपुर चाँगुनारायणको १ रोपनी, दुवाकोटको १० आना जग्गा बेचेर २ करोड ३० लाख ऋण तिरेको र २३ लाख ऋण तिर्न अझ बाँकी ।

विविध
ल्यापटप -१ थान, टिभी – ३ थान लगायत फर्निचरका सामानहरु आफ्नो र श्रीमानको आम्दानीबाट खरिद गरिएको ।