२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो: प्रदीप ज्ञवाली

सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो: प्रदीप ज्ञवाली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री दाहालको हालैसम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उहाँले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीविहरुलाई समेत आग्रह गर्नु भयो । त्रिभुवन विश्वविद्यालय नेपाल र एशीयाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री दाहालले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखि विद्युत खरिद सहितको सम्झौंता गरेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढि आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले पटकपटक दोहोर्‍याउनु भयो । उहाँले भन्नु भयो, ‘असंलग्नता नेपालको लागि सान्दर्भिक छ । पछिल्ला दिनमा त्यसमा बिचलनहरु देखा पर्न थालेका छन । सबैले प्राज्ञिक ढंगले सरकारलाई होशियार बनाऊ है । सत्ता टिकाउनका निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सत्ता टिक्ने कुरा एउटा होला कि । तर नेपालजस्तो देशले धेरैधेरै मूल्य चुकाउनु पर्छ । यो कुरामा चाँही होस् गरांै भन्ने आग्रह गर्दछु । सरकारलाई म विशेष गरेर असंलग्नताको हाम्रो मूलभूत सिद्धान्त भन्दा दायाँवायाँ हुने गरी अहिले जे कदमहरु पछिल्लो समय भए । , देखा पर्दैंछ ।

र एउटा जनरल पर्सेप्शन नै नेपाल चाँही नजानिदो ढंगले एउटा शक्ति राष्ट्रको एक्सेसतिर टेक हुँदैछ भन्ने केही तथ्यहरु पनि त्यस्तो देखिन्छ । त्यो कुराबाट सरकार एकदमै होशियार हुन जरुरी छ । हामी थेग्न सक्दैनौं । मे फेरी पनि दोहोर्‍याएर भन्न चाहन्छु । हिजोको शीत युद्ध टाढा थियो । त्यसकारण यससँग बिचलन हुने कुनै पनि कुराहरु बाञ्छनीय छैन । नेपालको प्राकृतिक स्रोतमाथि हामीले कतै आफ्नो नियन्त्रण गुमाउँदै गएका हौ कि । निश्चिय नै ऊर्जामा हामी भारतसँग नै साझेदारी गर्ने । तर त्यसमा पनि तपाईसँग आफ्नो हातमा त केही हुनु पर्‍यो नि । २७ वर्षदेखि पञ्चेश्वर, १२ वर्षदेखि अपर कर्णाली, त्यसमाथि फुकेट कर्णाली, त्यसपछि पश्चिम सेती, अरुण, लोअर अरुणहरुको कुरा सुन्छौं । त्यसमा साझेदारी हुन्छ कि हामी एकदमै हात बाँधेर । किनभने बजार एउटै छ । लिन्न भनेपछि खेल खत्तम । यो खालको स्थितिबाट जान हुँदैन । राष्ट्रिय हितहरुको सन्दर्भमा पनि त्यो सन्तुलनलाई हामीले गुमाउन्नु हुन्न ।’

उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताउनु भयो । दुइ मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले सोही अनुसारको सम्बन्ध अघि बढाउने कुरामा जोड दिनुपर्ने उहाँको तर्क थियो । नेतृ कोइरालाले नेपालले राष्ट्रिय हित विपरित कुनै पनि मुलुकको बहकावमा गएर परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने पनि सचेत गराउनु भयो ।

उहाँले विदेशीको प्रभावमा परेर राष्ट्रिय हितको पक्षमा नबोल्ने काम बुद्धिजीविबाट समेत हुने गरेको पाईएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘अव हामी कहाँ दुईटा देश छ–चाइना र भारत । यी देशलाई तपाई तरुल भन्नुस वा हात्ति भन्नुस । विपीले हात्ति भन्नुहुन्थ्यो । गिरिजाबाबुले सुनको खानी भन्नुहुन्थ्यो । दुईटा सुनखानीको बीचमा छौं हामी भन्नु हुन्थ्यो । तपाईले जे भने पनि यो दुुई वटै देशसँग हामीले सम्बन्ध राम्रो बनाउनु पर्छ । । हाम्रो प्रयास हुनुपर्छ कि चीन र भारतको सम्बन्ध राम्रो बनोस् भन्ने कुराको हाम्रो प्रयास हुनुपर्छ । हामी फेरी प्रभावित भएर उनीहरुको डिस्टयान्स बढाई दिने काम हामीले गर्नु हुँदैन । हामीले दुईटा मुलुक जति नजिक हुन्छन । जति एक हुन्छन, नेपाललाई त्यति फाईदा छ । नेपालको विकास हुन्छ । नेपाल त सुनमा सुगन्ध भएर जान्छ । त्यसले गर्दाखेरी आफ्नो कन्ट्रीको इन्ट्रेष्ट हेर्नु पर्‍यो । कसैको बहकावमा हामी जानु भएन ।’

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको उल्लेख गर्दै त्यसबाट मुक्त हुने खालको परराष्ट्रनीति नीति बनाउने काममा पहलकदमी लिन परराष्ट्रबीद्हरुलाई आग्रह गर्नु भयो । उहाँले बीआरआई, एमसीसीजस्ता परियोजना नेपालको हितमा नभएको दावी गर्दै त्यसले पार्ने असरबारे नेपाल सचेत हुनुपर्नेमा जोड दिनु भयो । नेता कार्कीले नेपालले विश्व अर्थ व्यवस्था र विश्व राजनीतिबारे गहिरो अध्ययन गरी सोही अनुसारको परराष्ट्र सम्बन्धलाई अघि बढाउने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो विआरआइको बारेमा, एमसीसीको बारेमा पनि जो कुरा आईराखेको छ । यो कुराको झलक देखाउनु भएको छ उहाँले । अव हामी कति खतरानाक ढंगले जिईयो स्ट्राटिजीमा नेपाल फस्दैछ भन्ने कुरा । हिजोको शीत युद्ध त रुस र अमेरिकाको थियो । त्यसको अलिअलि छिटा मात्रै यहाँ पस्दथ्यो । तर, अहिले त हामी भूमरीको बीचमा छौं । यस्तो भूमरीको अवस्थामा भएको हुनाले नेपालले स्टयान्ड गर्नु पर्छ । र, त्यसो गर्नका लागि विमर्शहरु गर्नु पर्छ । नागरिक समाज पनि कमजोर छ । र, अहिले विकसित भएको विश्व राजनीतिक, विश्व अर्थ व्यवस्था जसरी अगाडि बढदैछ । त्यसलाई गहिरो गरी अध्ययन गरौं । छलफल गरौं । र, नेपालको हितमा नीति प्रतिपादन गर्नका निम्ति हामी एक ठाउँमा पुग्ने प्रयास गरौं ।’

नेता कार्कीले भारत र चीनबीच नेपालले सुमधुर सम्बन्ध कायम राखेर जानुपर्ने बताउनु भयो ।