२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी मोर्चाले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री बिरुद्ध रिट दर्ता गर्दै



अ+ अ-

काठमाडौं । बहुमत सदस्यको दाबी सहित संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दाबी गर्दा पनि प्रधानमन्त्री नियुक्त नगरिएको भन्दै बिपक्षीदलहरु रिट दर्ताका लागि सर्वोच्च अदालतमा जाँदै छन् । 

रिट दर्ताको तयारी स्वरुप नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, एमालेको झलनाथ खनाल–माधब नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका एक सांसद सिंहदरबारमा जम्मा भई निवेदनमा हस्ताक्षर गरिरहेका छन् ।  

आईतबार नै रिट दर्ताको तयारी गरेपनि सबै सांसदको हस्ताक्षर संकलन हुन नसकेपछि आज रिट दर्ता गर्न लागिएको हो । रिटमा राष्ट्रपति कार्यलय र प्रधानमन्त्री केपी ओलीलाई बिपक्ष बनाईएको छ ।

प्रतिनिधिसभा बिघटन गर्ने कार्य बिरुद्ध राजनीतिक र कानून लडाई लड्ने तयारी गरेका बिपक्षी गठबन्धनले कानून उपचार खोज्न अदालत जान लागेका हुन् । रिटमा काग्रेस संसदीयदलका नेता शेरबहादुर देउवाको पक्षमा स्पष्ट बहुमत हुँदा हुँदै पनि संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त गर्नु भएपनि राष्ट्रपति बाट संविधान कार्यन्वयन भएको दाबी गरिएको छ ।