• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल बिच बिभिन्न बिषयमा समझदारी



काठमाडौँ । सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबीच शारीरिक आघातरअशक्तता भएका बालबालिकाको मानसिक स्वास्थ्य समस्याको प्रवर्द्धनको क्षेत्रमा काम गर्न आपसी सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रअनुसार सिविनले बालबालिकाको वार्डमा बिरामी बालबालिकालाई आवश्यक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने छ । कमजोर समुदायबाट अस्पतालमा भर्ना भएका बालबालिकाका लागि खानेकुरा, यातायात र चिकित्सकीय सहयोगजस्ता आपत्कालीन सहयोगका लागि सिविनद्वारा सञ्चालित हेल्पलाइन १०९८ उपलब्ध गराइने छ ।

सिविनले अस्पतालमा रहेका डक्टर र नर्स र विशेषगरी वार्डमा खटिएका नर्सहरुलाई मानव संसाधनको विकासका लागि मनोवैज्ञानिक परामर्श अभिमुखीकरण र तालिम उपलब्ध गराउने छ ।

सिविनले अभिमुखीकरणमार्फत अस्पतालका अन्य कर्मचारीहरुलाई पनि बालबालिकाको मानसिक स्वास्थ्य समस्याका बारेमा सचेतना गराउने छ । सिविनले अर्थोपेडिकसँग सम्बन्धित रोगका बारेमा अस्पतालमा सिफारिस गर्नेछ ।

त्यसैगरेर अस्पतालले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्याका बारेमा अभिमुखीकरण र तालिम कार्यक्रमका लागि आवश्यक व्यवस्थापन गर्नेछ ।

अस्पतालले मुलुकका विभिन्न स्थानमा गरिने घुम्ती शिविरका क्रममा सिविनलाई आवश्यक सूचना उपलब्ध गराउने छ जसले गर्दा सिविनले बालबालिका र समुदायलाई शिविरबाट लिन सकिने फाइदा र आफ्नो कार्यक्षेत्रबारे उत्साह जगाउन सकोस् ।

शारीरिक अशक्तता भएका बालबालिकाका लागि कुनै अवसर भएको अवस्थामा अस्पतालले सिविनलाई जानकारी गराउने छ ।

दुवै संस्थाले साझेदारीमा भएका प्रगतिका बारेमा अद्यावधिक गर्न आवधिक बैठक सञ्चालन गर्नेछन् । त्यस्तै थप सहकार्यका सम्भावना उजागर गर्नेछन् ।

उक्त समझदारी पत्रमा सिविनका तर्फबाट कार्यकारी निर्देशक सुम्निमा तुलाधर र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा कैलाशकुमार भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।