२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

१० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक पशुपालन

१० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक पशुपालन
अ अ+ अ-

जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ । उहाँले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो उठाएर लैजान्छ । यो क्रम विगत पाँच वर्षदेखि उहाँको घरमा चल्दै आएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रुपमा पशु व्यवसायी बन्नुभएको छ । गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई फार्म दर्ता गराएर पशु व्यवसायी बन्नुभएका उहाँलाई हिजोआज भ्याइनभ्याइ छ । बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रुपमा नै गर्न सुरु गर्नुभएका शशीरामको फार्ममा अहिले ‘होलस्टेनक्रस’ प्रजातिका सात गाई छन् । सुरुमा दुई गाईबाट व्यवसाय गर्नुभएका शशीरामले दूधबाट फाइदा हुन थालेपछि गाईको सङ्ख्या बढाएको बताउनुभयो । “व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ । त्यसबाट चित्त बुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ ।” उहाँले भन्नुभयो ।

अरु व्यवसाय गर्नलाई पढाइलेखाइ कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशालाई अंगालेको उहाँले बताउनुभयो । गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उहाँको भनाइ छ । सोँचेजस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा रु ६४ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सय देखि एकसय २० सम्म हुँदा पनि गर्न मन लाग्नुभनेको एक प्रकारको बाध्यता पनि हो ।” उहाँले भन्नुभयो, “पढाइलेखाइ धेरै र हातमा अरु नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथेँ ।”

शशीरामले झैँ दूध बेचेरै घरखर्च चलाउँदै आउनुभएको छ राम सुहवन यादवले पनि । उहाँले पनि पुर्खाले पाल्दै आएको पशु पानलाई व्यावसायिकरुपमा अघि बढाउन ‘यादव भैँसीपालन फार्म’ दर्ता गराउनुभएको छ । रु २० लाख खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज एक सय ३० वटा भैँसी पालेका छन् । उहाँको फार्ममा तीमध्ये हिजोआजको यो समयमा ३५ भैँसीले दूध दिन्छन् भने बाँकी भैँसी ब्याउने चरणमा छन् ।

बाँकेका तीन ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दूध सङ्कलनका लागि पठाउने गर्नुहुन्छ । त्यसरी दूध सङ्कलन गर्ने दूध डेरीअन्तर्गत साइबाबा दूध डेरी, एस के दूध डेरी र डिडिसी दूध डेरी छन् । खर्च र आम्दानी ठ्याक्कै भन्न नसक्नुभएका राम सुहवनले मासिक नाफा भने रु ५० देखि ६० हजारसम्म हुने गरेको बताउनुभयो । सरकारले ल्याएको पशु बीमा अन्तर्गत उहाँले पनि बीमा गराएको बताउनुभयो तर पशु मृत्युपछि भने बीमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बीमा गर्न छाडेको उहाँले बताउनुभयो । “बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ ।” उहाँले भन्नुभयो, “हामी किसानलाई दिनभरि बीमा रकमको लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद रु हामीले त गत वर्षदेखि नै बीमा गराउन छाडेका छौँ ।”

शशीराम र राम सुहवनजस्तै व्यावसायिक पशुपालन गरेर विगत सात वर्षदेखि दूध बेच्दै आउनुभएको छ बर्दियाका गोविन्द उपाध्यले पनि । पन्ध्र वटा गाईबाट व्यवसाय गर्न सुरु गर्नुभएका उहाँले अहिले ४४ गाईको रेखदेख गर्दै आई रहनुभएको छ । विसं २०७३ मा एकता पशुपालन फार्म दर्ता गराएर उहाँले व्यावसायिक रुपमा नै पशुपालन गर्दै आउनुभएको हो । निर्जीवन बीमा कम्पनीमा कार्यरत ४४ वर्षीय उहाँले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाईपालन गर्न सुरु गरेको बताउनुभयो ।

जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाईबाट उहाँले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्नुहुन्छ । किसानबाट उपभोक्तासम्म रु ३० देखि ४० को फरक पर्दा पनि भोलिका दिनमा दररेट बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उहाँको भनाइ छ । आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आउनुभएका गोविन्दको मासिक खर्च रु तीन लाखको हाराहारीमा हुन्छ भने आम्दानी रु तीन लाख ७० हजार हुने गर्दछ । दूधबाट उहाँलाई पनि सरदरमा मासिक रु ४०/४५ हजारको नाफा हुने गर्दछ । पाँच कामदार राखेर फार्म सञ्चालन गर्दै आउनुभएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन सरकारलाई आग्रह गर्नुभएको छ ।

किसानद्वारा उत्पादित दूधलाई सङ्कलन गरेर आत्मनिर्भर बनाउनमा निकै ठूलो सहयोग गरेको छ ‘एस के डेरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ बाँकेले । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ को पुरैनीमा रहेको उक्त दूध डेरीमा बाँके र बर्दियाका गरी पाँच हजार किसानले दूध सङ्कलन गर्ने गर्छन् । प्रालिका प्रोडक्सन इञ्चार्ज सन्तोष पोखरेलका अनुसार विसं २०७६ देखि उक्त उद्योगले किसानका दूधलाई सङ्कलन गर्दै आएको छ । सो प्रालिमा ३२ जना कर्मचारी कार्यरत छन् । उहाँका अनुसार किसानबाट सङ्कलित दूधलाई चिसो बनाएर प्रयोगशालामा परीक्षण गर्दै परामिटरले परीक्षण गरेर दूधको ‘फ्याट’ निकाल्ने गरिन्छ ।

फ्याटबाट निकालिएको दूधलाई चार डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिरलगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उहाँले बताउनुभयो । “हामीले किसानबाट सङ्कलन गरेका दूधलाई चार डिग्रीको चिसो तापक्रममा राखेर दूधका विभिन्न परिकार बनाएर बजारमा पठाउँछौँ ।” उहाँले भन्नुभयो, “हामीकहाँ राम्रो भोल्टेजका कारण प्याकिङ गरेर राखिएका सामान बिग्रने सम्भावना हुँदैन । हामीले गुणस्तरलाई बढी ध्यान दिएका छौँ ।”

प्रालिक प्रोडक्सन इञ्चार्ज पोख्रेलका अनुसार प्रत्येक दिन किसानबाट दुई हजार पाँच सय लिटर दूध सङ्कलन गरेर पाँच सय लिटरको पनिर, एक हजार दुई सय लिटर दूध, तीन सय लिटरको आइसक्रिम र दही सिजनअनुसार पाँचदेखि हजार लिटरसम्म बनाइन्छ । यसरी बनाइएका दूधका परिकार बाँकेमा मात्र नभई बर्दिया, दाङ, सुर्खेत, जुम्लादेखि काठमाडौँसम्म जाने गर्छ । साढे पाँच कट्ठाको क्षेत्रफलमा निर्मित उक्त दूध डेरी बनाउनका लागि सबै मेसिन भारत र चीनबाट ल्याइएको उहाँले बताउनुभयो । अनुदान बिना तीनजना युवाले मिलेर रु आठ करोडको लगानीमा अत्याधुनिक प्रविधिमा उक्त उद्योग सञ्चालन गरिएको हो । रासस