२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा News Polar साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो News Polar वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ News Polar विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

पूर्वमन्त्री तथा एमाले नेता यादव बैङ्किङ कसुरमा पक्राउ

पूर्वमन्त्री तथा एमाले नेता यादव बैङ्किङ कसुरमा पक्राउ
अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा नेकपा एमाले नेता विजय यादव पक्राउ परेका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि उनी डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला अदालत रुपन्देहीमा बुझाइएको छ ।

उनले बैंकिङ कसुर अन्तर्गत रुपन्देही प्रहरीको पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको र मुद्दाको बिस्तृत विवरण आफूलाई पनि थाहा नभएको उनले बताए ।

उनले गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका(१ का उमाशंकर यादवलाई १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।

२०७४ सालको निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । त्यसपछि गत निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।