२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहका ११ जनाले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन्



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोपमा स्पष्टीकरण सोधेको थियो । 

स्पष्टिकरण सोधिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन् ।  

एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको थियो ।

तोकिएको समयभित्र उनीहरु कसैको पनि जवाफ नआएपछि पार्टीले थप कारबाही प्रक्रिया बढाउन सक्ने आँकलन गरिएको छ ।