१९ श्रावण २०८३, मंगलवार
,
Latest
ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको उद्घोष– अबको गन्तव्य ‘संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्य’



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य ‘संघीय गन्तव्यको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्य’ भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी सम्बद्ध संयोजित संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिबर्तनकारी शक्तिको रुपमा स्थापित गर्ने दृढता समेत ब्यक्त गरे ।

मुलुकको सम्पुर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचार रुपि महारोगले मुकुकको सबै अङ्गलाई क्षतबिक्षत पारेको समेत बताए । बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिबर्तनको डढेलोबाट मुकुक आक्रान्त भएको चर्चा गर्दै थापाले न्यायालय जस्तो पबित्र ठाउँप्रति समेत जनताको भरोसा टुट्दै जानू बिडम्बनापुर्ण भएको बिचार ब्यक्त गरे ।

थापाले काण्डै-काण्डको पिरामिड माथि खडा भएको अहिलेको राज्य प्रणालीले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको सपना पूरा गर्न नसक्ने भन्दै मुलुक जोगाउने हो भने अब विकल्पमा जानू ढिला गर्न नहुनेमा जोड दिए ।

भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरुको आयोजनामा बिरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासंघ (टुकोन)का अध्यक्ष हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।