१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छ: सांसद पन्त



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडी बढ्नेमा आशंका व्यक्त गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गर्नुभएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडी बढ्ला भन्नेकुरामा शंका गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । उहाँले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसमा सरकारलाई आर्थिक दायित्व नपर्ने र लिबरल आर्टलाई अलि नयाँ ढंगले पढाउँछौँ भनेर आउनुभएको छ भने लिबरल आर्ट जरुरी छ । किनभने अहिले लिबरल आर्ट भनेको डाक्टर, इन्जिनियर र वैज्ञानिकलाई पनि आर्ट पढाउनुपर्छ । आर्टको केही पक्ष पढाउनुपर्छ । किनभनेर डाक्टर, इन्जिनियर मेनपावर भनेको पनि रोबर्ट जस्तो होइन ।’

‘मानविय हुनुपर्छ । मानविय बनाउने विषय लिबरल आर्ट हो । त्यसैले लिबरल आर्टसँग सम्बन्धित राम्रा कलेजहरु चाहिन्छ । तर टियु नै यस विषयमा राम्ररी चल्न नसकेको, टियुसँग सम्बन्धन प्राप्त कलेजहरु नै राम्ररी अगाडी बढ्न नसकेको अवस्थामा यो विश्वविद्यालय कति अगाडी बढ्ला अलिकती शंका गर्ने ठाउँ छ ।’

उहाँले लिबरल आर्ट सम्बन्धी कलेजहरुको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।