१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ७४२५ जनामा कोरोना संक्रमण, १८५ को मृत्यु, ७१३५  ले जिते कोरोना



अ+ अ-

काठमाडौं । नेपालमा थप ७४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८५ रहेको छ । पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा कूल २० हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ । जसमध्ये ३ लाख ९८ हजार ४८३ संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुने दर ७६.६५ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।