१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीको अर्थ छैन, केपी ओली गद्दार हुन्ः नेता खनाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाउँदै कारवाहीले केही फरक नपर्ने बताउनुभएको छ । 

सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियो । 

निष्कासनमा पर्नेमा सांसद बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का रहनुभएको छ ।