काठमाडौं । सिसिएमसीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएक छन् । । सरकारले अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो।
पुनर्गठन गरिएको सिसिएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहनेछ। शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको हो।
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखसमेत थिए। सेनाका पुर्वरथी शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरेका थिए।











