२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा देउवा, प्रचण्ड र नेपालबीच त्रिपक्षीय छलफल सुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेताहरु सिंहदरबारमा छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो साढे २ बजेदेखि ३ दलको बैठक शुरू भएको हो । 

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपाल सहभागी छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी र राजनीतिक आन्दोलन गर्ने बताएको विपक्षी गठबन्धनले थप रणनीति बनाउनका लागि छलफलमा जुटेका हुन् ।