काठमाडौं । नेपालमा थप ८३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
यस्तै मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ रहेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६४०४ संक्रमित निको भएका छन् ।











