१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

प्रधान सेनापतीद्धारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण (भिडियो सहित)

प्रधान सेनापतीद्धारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गर्नु भएको छ । 

रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुग्नुभएका सेनापती शर्माले शुक्रबार बिहान एक हजार क्षमताको सो निर्माणाधिन होल्डिङ सेन्टर निरीक्षण गर्नु भएको हो । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्सट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।  सो कन्सट्रक्सनका साईट इन्चार्ज लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकि काम यही फागुन मसान्तभित्र सम्पन्न गरी सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जानकारी प्रधानसेनापति शर्मालाई गराउनु भएको थियो ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निर्माणको काम हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले पारदर्शी ढंगले सो सेन्टरको बाँकि काम छिट्टै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भयो । उहाँले सो सेन्टर निर्माणका लागि सरकारले बजेटको अभाव हुन नदिने विश्वास समेत व्यक्त गर्नु भयो ।

उता, कन्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले प्रधान सेनापति शर्मा, रक्षासचिव किरणराज शर्मासहितको टोलीको निरीक्षण पछि सो सेन्टरको बाँकि पनि छिट्टै पूरा हुने बताउनु भयो । उहाँले उहाँले सो सेन्टरका लागि खानेपानी र सडकको व्यवस्थापनको कामलाई पनि छिट्टै पूरा हुने गरी अघि बढाइएको बताउनु भयो ।

२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले फाल्गुन मसान्त सम्म होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्ने जनाएको छ । तीन बिगाहा क्षेत्रफलमा निर्माण भईरहेकोस्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग निर्माण भएका छन् । निर्माण भएका सबै ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूण सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ ।

नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा दुई ठाउँमा संरचना बनाउने निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को निर्णय बमोजिम नै कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निर्माण भईरहेको हो ।