२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदुत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ: परराष्ट्रमन्त्री साउद



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताउनुभएको छ । रोल …

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताउनु भयो उहाँले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताउनु भयो । राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उहाँले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त रहेको छ । राजदुत नियुक्तीमा सरकारले परराष्ट्र भित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ । यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताउनु भयो । विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विदेशमा रहेका नेपालीहरुको हक, हीत र सुरक्षाप्रति संवेदनशील हुनेतर्फ नेपाली राजदुत तथा नियोग प्रमुखहरुलाई अभिमुखिकरण गरिएको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार एवं आवश्यकता अनुसार नेपाल फर्किन सहजीकरण गर्ने कार्यलाई नियोगले उच्च प्राथमिकतामा राखेका छन् । विदेशमा रहेका नेपालीहरुको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन बिदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको छ । केही नियोगहरुमा टेलिफोन सेवाको अतिरिक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । यसलाई क्रमश: साधन, स्रोत सम्पन्न तुल्याउँदै बिस्तार गर्दै लगिनेछ ।’

मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।