१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
अ अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

हिजोबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।

बैठकमा एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष निकालिएको थियो । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने बताइएको छ । 

यस्तै, बैठकमा स्थानीय निकायको निर्वाचनमा पार्टीलाई सशक्त ढंगबाट आफूलाई प्रश्तुत गर्ने, जनताको बीचमा अझ सशक्त ढंगले कसरी जोडिने लगायतको विषयमा पनि छलफल भएको थियो । 

भातृसंगठनहरुको समयसीमा सकिएको र स्वतः रिक्त हुने भएकोले त्यसलाई ध्यानमा राखेर भातृ संगठनलाई कसरी सुदृढ गर्ने, बिस्तार गर्ने र समयसीमालाई पनि कसरी तोक्ने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको प्रवक्ता महतले जानकारी दिए ।