१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

चिया कफी प्रवर्धनमा स्थानीय तह

चिया कफी प्रवर्धनमा स्थानीय तह
अ अ+ अ-

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्ष २५ हजार कफीका बिरुवा नि:शुल्क वितरण गरेको छ । पाँच वर्षभित्र पाँच लाख कफीको बिरुवा पुर्‍याउने लक्ष्य लिएको यस नगरपालिकाले दुई लाख बेर्ना उमार्ने गरी नर्सरी बनाएको छ । प्रतिवर्ष दश लाख केजी प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरिएको नगरउपप्रमुख विशन राईले जानकारी दिनुभयो ।

“जिल्लामा कफीको माग धेरै बढेर गएको पाइएको छ । कफीमा अहिले वार्षिक रु २० करोडभन्दा बढी पूँजी पलायन हुन्छ । अबको केही वर्षभित्रै जिल्लाभरि कफीको माग पूर्ति गर्ने गाउँपालिकाको लक्ष्य छ”, उहाँले भन्नुभयो, “कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर यो वर्ष २५ हजार बिरुवा किसानलाई वितरण गरेका छौँ । आगामी वर्ष दुई लाख वितरण गर्ने योजना छ । नगरपालिकाले नि:शुल्क बिरुवा उपलब्ध गराएपछि किसान पनि उत्साहित बनेका छन् ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैस्याङटार डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा–६ छितापोखरीमा पर्ने उक्त डाँडामा करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ ।

सुम्निमा पारुहाङ पार्क (उद्यान)समेत रहेको उक्त डाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । आगामी दिनमा आन्तरिक पर्यटक वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैस्याङटार डाँडालाई चिया बगान बनाउन सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैस्याङटार डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।

यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले पछिल्ला वर्ष बिरुवा निरन्तररुपमा थप्दै जाने तयारी गरेको छ । केपिलासगढी गाउँपालिका– १ फेदीमा पनि चियाका बिरुवा धमाधम रोप्न थालिएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यसवर्ष दुई लाख चियाका बिरुवा रोपिने वडाध्यक्ष नीरकुमार राईले जानकारी दिनुभयो ।

फेदीमा गत वर्षदेखि व्यावसायिक चिया खोती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीबाट व्यावसायिक र गुणस्तरीय चिया उत्पादन गर्नेगरी बिरुवा रोप्ने काम सुरु गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो ।

फेदीका तालखर्क, डाँडाखर्क, बर्खे, सुम्देलगायत ठाउँमा प्राविधिक टोलीसहितले चियाका बिरुवा रोप्ने काम गरिरहेका छन् । फेदीमा व्यावसायिक चिया उत्पादनका लागि दुईवटा किसान समूहसमेत गठन गरिएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा गत वर्षदेखि नै व्यावसायिक चिया खेती सुरु गरिएको थियो । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा मात्र वडा रहेको) साकेला गाउँपालिकाले यसवर्ष मात्रै सात हजार बिरुवा रोपेको छ ।

पर्यटकीयस्थल तावाभञ्ज्याङमा रोपिएका चिया बगान हेरचाह गर्न कामदारसमेत राखिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीलाई पर्यटन प्रवद्र्धनसँगै जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र््याउने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभयो ।

खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित कपासेभञ्ज्याङमा पनि व्यावसायिक चिया खेती सुरु गरिएको छ । टेम्के–थामडाँडा कृषि सहकारी संस्थाले नि:शुल्क उपलब्ध गराएको १५ हजार चियाको बिरुवा रोखिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा उत्पादित चिया तथा कफीलाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी तयारी गरिएको स्थानीय तहहरुले जनाएका छन् । एक लाख ५७ हजार तीन सय हेक्टर अर्थात् ४८ दशमलव ५८ हेक्टर क्षेत्रफल जमिन रहेको जिल्लामा खेतीयोग्य जमिन ६२ हजार तीन सय ६० दशमलव ०२ रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस