१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोरोनाको नाममा आतंक सिर्जना गरेको कांग्रेसको आरोप



अ+ अ-

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणका नाममा आतंक सिर्जना गरिरहेको आरोप लगाएको छ ।

आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान बसेको पदाधिकारी बैठकले कोरोना नियन्त्रण गर्ने भन्दा पनि त्यसकै आडमा राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । 

यस्तै कांग्रेसले आफूहरुले कोरोना नियन्त्रण सम्बन्धी प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएपनि त्यसतर्फ कुनै काम नगरेको आरोप समेत लगाएको छ ।