१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
तस्वीर : सुदर्शन रञ्जित
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुग्नुभएका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गर्नुभयो । उहाँहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो ।

माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न सङ्कट र अप्ठ्यारो अवस्थामा पनि सवैलाई सम्झाई बुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो ।

“हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठीन घडी र सङ्कटबाट पार्टीलाई जोगाउने, प्रचण्डलाई यहाँसम्म पुर्‍याउन राजनीतिक सल्लाहकारले दिनुपर्ने सबै भूमिका निर्वाह गर्नुभयो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिवङ्गत सीताको योगदान पार्टी र आन्दोलनमा धेरै रहेको बताउनुभयो । “अध्यक्षको भूमिकालाई प्रभावकारी बनाउने र पार्टी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा गृहणीमात्र नभई सक्रिय योद्धाकै भूमिका रह्यो”, उहाँले भन्नुभयो, “अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने, चित्त नबुझेको कुरा सोझै भन्ने र रोक्न सक्ने क्षमता थियो ।”

गजुरेलले सीताको मुख्य विशेषता भनेको मानिसको अनुहारलाई पढेर कुन मानिस कसरी प्रस्तुत भयो, बाहिरी आवरण मात्रै हो कि हृदयदेखि हो भन्ने अनुहार अध्ययन गरेर प्रचण्डलाई सुझाव दिनेखालको क्षमता भएको स्मरण गर्नुभयो ।

पार्टीमा सङ्कट आएका बखत एकताबद्ध गर्न भेटघाट र छलफल गर्ने गरेको सन्दर्भ स्मरण गर्दै उहाँले सीताको योगदान पार्टीमा अतुलनीय रहेको बताउनुभयो । सीताको निधनले अपूरणीय क्षति पुगेको गजुरेलको भनाइ छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कल्पना धमलाले सीता पार्टीको अभिभावकका रुपमा रहेको बताउनुभयो । “आज हामीले अभिभावक गुमाएका छौँ । सिङ्गो पार्टी पङ्क्ति मर्माहत छ । पार्टी आन्दोलन र सङ्गठन निर्माणका क्रममा नेता तथा कार्यकताको संरक्षणका क्रममा उहाँले गर्ने मूल्याङकन असाध्यै न्यायिक थियो”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री शशी श्रेष्ठले पुष्पकमललाई ‘प्रचण्ड’ बनाउन सीताको धेरै ठूलो योगदान रहेको बताउनुभयो । “घर परिवार सम्हाल्ने मात्र होइन, जनयुद्धका समयमा साथै हिँडेर प्रचण्ड बनाउने काम उहाँले नै गर्नुभयो”, उहाँले भन्नुभयो ।  रासस