२३ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ संक्रमणको सम्बन्धमा चिन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ संक्रमणको सम्बन्धमा चिन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त गर्नुभएको छ । बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चिनका राजनीतिक दलहरुसँग महामारीको बेला संयुक्त अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चिन सरकारले नेपालका लागि स्वास्थ्य सामाग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेको प्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको हो ।

चिनले कोभिडविरुद्धको भ्याक्सिनमा चीनले प्राप्त गरेको सफलताको पनि उहाँले प्रशंसा गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कोभिड – १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चिन सरकारले नेपाललाई मेडिकल सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताउनुभयो । नेपालको हिमाल, नदी र संस्कृतिसँग दुईदेशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले नेपाल एक चिन नीतिमा प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड–१९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री अभाव भईरहेका बेला नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले महामारी नियन्त्रणमा चिनबाट नेपालले सिक्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईदेशबीच असल मित्रताको सम्बन्ध रहेको बताउनुभयो । चीनले सधै नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दे महामारीको बेलामा उपलब्ध गराएको खोप लगायत स्वास्थ्य सामाग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि खोप लगायत स्वास्थ्य सामाग्रीमा चीन सरकारले गरेको सहयोगको प्रसंम्सा गर्नुभयो । उहाँले पछिल्लो पटक चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताउनुभयो । 

उहाँले लकडाउनको समयमा पनि राष्ट्रिय गौरबका आयोजनाहरुको काम कम प्रभावित होस् भन्नेमा ध्यान पुर्‍याएको र काम जारी राखेको बताउनुभयो । चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष बितिसकेको उल्लेख गर्दै उहाँले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको बताउनुभयो ।