१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

१०८ फिट व्यासमूर्ति निर्माण हुने

१०८ फिट व्यासमूर्ति निर्माण हुने
अ अ+ अ-

दमौली । १०८ फिटको व्यासमूर्ति निर्माणका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । महर्षि वेदव्यासको जन्मभूमि दमौलीमा १०८ फिटको मूर्ति निर्माणका लागि पूर्वाधार निर्माणलाई अगाडि बढाइएको हो । 

व्यास नगरपालिका–३ स्थित व्यासगुफा क्षेत्रमा मूर्ति निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल मूर्ति अड्याउने स्तम्भ निर्माणको काम चलिरहेको छ । “स्तम्भ निर्माणका लागि हाल भुइँ ढलानको काम सकिएको छ,” श्रेष्ठले भन्नुभयो, “आगामी जेठ ३० गतेभित्र मूर्ति अड्याउने स्तम्भ निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ ।”

व्यासमूर्ति निर्माणका लागि रु ७१ करोड दुई लाख १० हजार ८८९ रकम आवश्यक पर्ने अनुमान गरिएको छ । पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माण गरिनेछ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपूरक अनुदान रु तीन करोड ८० लाख १४ हजार ५३३ रहेको छ भने व्यास नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार ४१९ लागत साझेदारी गरेको छ ।

विसं २०७८ जेठ ३० गते सम्झौता भएर सुरु भएको स्तम्भ निर्माणको काम विसं २०७९ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी श्री गौरी पार्वती÷देव एन्ड सयर÷ऋषिशक्ति जेभीसँग सम्झौता भएको छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार मूर्ति र पेडेस्टल ९स्तम्भ० निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । 

व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल ९स्तम्भ० भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमाहरु र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।

वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन एक दशकअघिदेखि प्रयास हुँदै आएको छ । व्यासभूमि दमौलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित विगतमा विविध कार्यक्रम हुँदै आएका छन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत पनि कोषलाई रु ३० लाख बजेट प्राप्त भएको थियो । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिएको छ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु १० लाखको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिएको छ । रासस