२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोसिमा कार्कीद्वारा स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वस्वास्थ्य तथा जनस‌ख्या राज्यमन्त्री तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको राजीनामा माग गर्नुभएको छ । मन्त्री बस्नेतले दिनुभएको एक अभिव्यक्तिलाई लिएर कार्कीले राजीनामा माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तष्टि व्यक्त गर्दै सांसद कार्कीले मन्त्री बस्नेतले राजीनामा दिनुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले सरुवा हुन नमान्ने कर्मचारीले आत्महत्याको धम्की दिएको र आफूले आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गाह्रो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छ भन्ने जवाफ दिनुभएको बताउनुभएको थियो ।

सांसद कार्कीले मन्त्री बस्नेतको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै राजीनामा माग गर्नुभएको हो । ‘स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देशभरीका स्वास्थ्यकर्मीहरुको श्रम पसिना र उनीहरुको दुःख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाई स्वयम् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ्र त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ’, उहाँले भन्नुभएको छ ।