काठमाडौं । नेपालमा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
यस्तै बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६७१६ संक्रमित निको भएका छन् ।
यस्तै कुल संक्रमित मध्ये उपत्यकामा मात्रै १४९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ११३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जनामा संक्रमण पुष्टि भएको हो।











