१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा जेठ २० सम्म निषेधाज्ञा थप



अ+ अ-

चितवन । कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि चितवनमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म कायम रहने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार  सूचना जारी गर्दै निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइएको हो । 

कोरोनाको दोस्रो लहरमा संक्रमण तीव्र भएसँगै चितवनमा सुरुमा वैशाख १६ गते मध्यरातदेखि वैशाख ३१ गते मध्येरातसम्म निषेधाज्ञा जारी भएको थियो ।

त्यसपछि जेठ १३ गतेसम्म निषेधाज्ञा रहने भनिपनि संक्रमण तीव्र नै रहेका कारण निषेधाज्ञाको समय थप्नु परेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जारी गरेको सूचनामा उल्लेखित छ ।