१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यही असार २३ र २४ (जुलाई ८–९ २०२३) गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा भाग लिएर सोमबार राति स्वदेश फर्किएपछि उहाँले आज पत्रकार सम्मेलन गरी सो कुरा बताउनुभएको हो ।

यही असार २३ गते कार्यक्रम उद्घाटन समारोहमा उपसभामुख रानाले सम्बोधन गर्नुभएको थियो । उक्त समारोहमा रानाले नेपालको पर्यावरणीय अवस्था, जलवायु परिवर्तन र त्यसको असरलगायतका विषयमा बोल्नुभएको थियो ।

उक्त उद्घाटन सत्रको प्रमुख वक्ताका रूपमा जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य लिउ गोउजोङ हुनुभएको र गिनीका उपराष्ट्रपति र मलेसियाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले पनि आफ्नो मन्तव्य राख्नुभएको उपसभामुख रानाले जानकारी दिनुभयो ।

सो कार्यक्रममा सहभागी हुन चीन गएको उपसभामुख रानासहितको नेपाली टोलीलाई गुइछुउ मा उक्त प्रदेशका सरकार तथा पार्टीका नेताले भेट तथा स्वागत गर्नुभएको थियो । कार्यक्रमको मुख्य सत्रमा नेपाली सङ्घीय प्रतिनिधिमण्डलले ग्रीन एण्ड लो–कार्बन डेभलपमेन्ट शीर्षकको छलफलमा भाग लिएको थियो ।

उक्त सत्रमा नेपालका तर्फबाट उपसभामुख रानाले नेपाल–चीन सम्बन्ध, पर्यावरण संरक्षणका लागि नेपालले गरेको प्रयास र त्यसका लागि मित्रराष्ट्र चीनले गर्नसक्ने सहकार्य, हिमालय क्षेत्रमा बसोबास गर्ने मानव समुदायको जीविकोपार्जनका लागि गर्नसक्ने सहयोगलगायतका विषयमा बोल्नुभएको थियो । रासस




भर्खरै