१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चीनले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने



अ+ अ-

काठमाडौं ।  चीनले नेपाललाई तत्काल थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र  चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच टेलिफोन सम्बाद पछि चीनले तत्काल १० लाख डोज खोप दिन लागेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको छ । 

चीनले यसअघि पनि उपहारस्वरुप ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो । 

 

During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd

— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021