• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने

सरकारको भ्रष्टाचारविरोधी अभियान पोलिटिकल स्टन्टबाजी मात्र– ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी अभियानका नाममा सरकारले पोलिटिकल स्टन्ट मात्र गरेको बताउनुभएको छ ।

केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् ।

एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको तर भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताउनुभयो ।

“अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको”, अध्यक्ष ओलीले भन्नुभयो ।

भुटानी शरणार्थी प्रकरणमा २०७९ जेठ १९ गते नै प्रहरी कहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उहँको भनाइ थियो ।

यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै अध्यक्ष ओलीले ‘हामीले गर्‍यौँ’ भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको बताउनुभयो । “अहिले पनि कहाँ मुद्दा चलेको छ र रु धर्मस्थलीतिरको केस खोई रु मातातीर्थको केस खोइ रु”, उहाँले भन्नुभयो ।

एमालेलाई बद्नाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको समेत उहाँको भनाइ थियो ।