१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

एमालेले अहिले सरकारमा जाने कुनै पनि मनसाय राखेको छैन: ओली

एमालेले अहिले सरकारमा जाने कुनै पनि मनसाय राखेको छैन: ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनु भएको छ ।

काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भईरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाउनु भएको हो ।

मंगलबार पार्टी केन्दिय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उहाँले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताउनु भयो । ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्‍याउनु भयो ।

उहाँले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताउनु भयो ।

ओलीले भन्नु भयो, ‘अहिले सात महिना त सिद्धियो । यो सरकारले के गर्‍यो त ? वरतिरको सिन्को यसले परतिर के सार्‍र्यो ? केही पनि गरेको छैन राम्रो काम । यसले के गर्‍यो ? ढाँट्छ, छक्याउँछ । मिटरब्याँजीहरुको सम्बन्धमा ज्येष्ठ २४ गते विधेयक पास गर्न दिएनन भनेर गृहमन्त्री कडकिए । यिनीहरुनै हुन, जसले बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गर्छन पार्लियामेन्टमा । के हेरेर बसे ? राष्ट्रियसभामा असार ५ गते पेश गर्छन, बैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक । बैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे ? अथवा बिल्कूल उदासिन, लापरबाह र यिनीहरु सामन्तको पक्षमा भएका हुनाले यिनीहरुले त्यो गरेका हुन । नहोस भनेर । राष्ट्रियसभाबाट अन्तिम दिन । ६० दिन भित्र भईसक्नु पर्छ । अव ६० औं दिनको अन्तिम दिनमा केही भयो भने पनि संसद रोकिन सक्छ । त्यस्तो बेलामा ल्याए । हामीले भन्यौं–मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ ।

संसद चलाउने गरी अघि बढौं । प्रधानमन्त्रीले राजीनामा गर्नुस् । अथवा बाटो त निकाल्नु पर्‍यो नि केही । जथाभावी बोल्ने अनि उहाँ मलाई प्रधानमन्त्री बनाउन कति पटक दिल्ली जानु भयो भन्ने । अनि केही पनि होइन भनेर चुप लागेर बस्ने । प्रधानमन्त्री पार्लियामेन्ट पनि आउनु भएन । कसैसँग कुुरा पनि गर्नु भएन । र, झूट प्रशारण गर्नु भयो बोल्न दिएन भनेर, स्पष्टिकरण गर्न दिएन भनेर । कहाँ गर्नु भयो उहाँले स्पष्टिकरण ? बल्ल हिजो स्पष्टिकरण दिन्छु भनेपछि हामीले दियौ त । अनि गृहमन्त्री गएर त्यहाँ कसैले रोक्न सक्दैन तपाईहरुलाई न्याय दिन भन्छन । बैशाख २४ गतेदेखि असार ५ गतेसम्म अन्तिम घडीपला समेत समाप्त हुने बेलामा त्यो ल्याएर, त्यसलाई फुकाएर जाऊ भन्दा नफुकाएर, अनि कुँदेर माइतीघर मण्डलामा गएर यस देशमा छ नि नारायणकाजी भन्ने महान, बहादुर जन्मेको छ, त्यसले तपाईहरुलाई इन्साफ दिन्छ भनेर फाईफूर्ती लगाउने त्यहाँ ? सरकारमा त हामी थिएनौं । बैशाख ५ गतेदेखि असार ५ गतेसम्म के हेरेको ? अर्को हिजो संसदमा हेरेको त ६० दिन भित्र सिद्धिसक्छ । त्यो हुनेवाला नै छैन । ६० दिन भित्र अध्यादेश वा त्यसलाई प्रतिस्थापन गर्ने विधेयकको म्याद सिद्धिन्छ । २० गते सिध्याए । प्रचण्डजी एण्ड कम्पनीको ७ गठबन्धन, १० गठबन्धन कतिको गठबन्धन हो ।

यो गठबन्धनको सरकारको हो । यसलाई असफल पारिसक्यो । हिजो ६० दिन कटेको ५ दिन पछि फेरी विधेयक पारित गरौं भनेर । ६० दिनमा त्यो रद्द भईसक्छ । अर्को विधेयक ल्याउनु पर्छ । यिनीहरुलाई कानुन, संविधानको मतलव होइन । खाली जनता छक्याउने, अनि त्यहाँ त हामीे यो संविधान बमोजिम मिल्दैन भनेर । त्यसो भन्ने वित्तिकै कँुदेर माईतीघर मण्डलामा पुग्ने र एमालेले हुन दिएन भन्ने । यो सबै जनता ठग्ने चाल हो । नत्र भने त्यस्तो विधेयक म्याद सकिएको ५ दिनपछि कसैले ल्याउँछ ? २० गते म्याद समाप्त भयो, २५ गते कसैले ल्याउँछ ? त्यसकारण यो सबै छलछाम हो । यस्ता तत्वहरु, जो पार्लियामेन्टमा सत्ताधारी दलका सांसदहरु, तालिम गरेर लगिन्छन । सुनको जलहरी चढाएको होइन, पित्तलको हो भनेर भन्न तालिम दिएर लगिन्छन । तालिम कस्ता होलान, बक्ता कस्ता होलान ? कसैले दुनियाँमा त्यस्तो कल्पना गर्न सक्ला ? १०८ किलो सुन पशुपतिजस्तो ठाउँमा सुन नचढाएर पित्तल चढायो ।

यो सद्दे दिमाग भएको मान्छेले बोल्न सक्ला ? त्यसबापत किञ्चित ग्लाी छैन । यस्ता झुट अफवाह फैल्याए वापत लाज, सरम केही पनि छैन । अचम्म लाग्छ । उनीहरुकै कुरा चाँही ठूला छन । हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा बोलेका कुरा । केटाकेटीको बल नै रुनेमा हुन्छ । आमाको ध्यान तान्ने रोएर, अरुको ध्यान तान्ने रोएर । भोक लाग्यो भन्नु पर्‍यो रुने, थकाई लाग्यो भन्नुपर्‍यो रुने । उसको बल नै, तागत नै त्यही हो । बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई । बालकको रोदनमा तागत हुन्छ । विभिन्नको तागत विभिन्न चिजमा हुन्छ । र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ । र, उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन । किनभने उस्तैउस्तै मिलेको जस्तो देखिन्छ । त्यसकारण कायम राख्न चाहन्छन । हामीले भनेका छौं–हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौं । त्यतातिर सोचेका पनि छैनौं । हामी ग्रासरुटमा लाग्यौं । अव मिशन २०८४, मिशन ५१ पर्सेन्ट । यतापट्टि हामी लागेका छौं । हामीलाई सरकारतिर हेर्ने, यो सरकारको दैनिक किचलो, सरकार बनाउने, त्यसलाई जोगाउने, त्यसलाई कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, उ खोज्यो, जेलबाट छुटाएर चार वटा भोट लियो । यता खेल्यो, उता खेल्यो । यसखालको कुनै परिणाम ननिस्कने खेल वैयक्तिक ज्यान बनाउनु छ भने ठिकै हुन्छ ।’

ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।