१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

मैनालीको प्रश्न: निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन ?

राजनीतिक नेतृत्वको प्रियतावादी सोच र स्टन्टबाजी देखिन थालेको छ

मैनालीको प्रश्न: निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन ?
अ अ+ अ-

काठमाडौँ । पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “निर्णय गर्ने तहका पदाधिकारीहरुप्रति नरम र अन्य सहयोगीप्रति कठोर हुनुले कानूनको शासनको मर्मको उपहास हुँदैछ।” निर्णय गर्ने राजनीति नेतृत्व भए पनि कारबाहीको भागीदार कर्मचारीतन्त्रलाई बनाउन थालेपछि कर्मचारीहरुले असन्तुष्टि प्रकट गर्न थालेका छन् ।

उहाँले लेख्नुभएको छ

“अहिले ललिता निवास प्रकरणमा देखिएको प्रहरीको अति सक्रियताले निम्न प्रश्नहरु जन्माएको छ – यसले क्रमशः राजनीतिक नेतृत्वको प्रियतावादी सोच र स्टन्टबाजी देखिन थालेको छ, जसले गर्दा केश नै कमजोर भई वास्तविक अपराधी उम्किने ख़तरा बढ्दैछ।

शुरु टिप्पणी उठाउनेदेखि निर्णयमा ख़ास भूमिका हुन नसक्नेलाई गिरफ्तार गर्नु र आमन्त्रितको रुपमा क्याबिनेटका समितिमा भाग लिनेहरुलाई समेत भ्रष्टको सूचीमा राखेर बदनाम गराउन खोजिँदैछ, – नागरिक प्रशासनको मनोबल खस्किँदै गएको देखिन्छ र त्यसै पनि ढिलासुस्तीको रोगले ग्रस्त प्रशासनमा अब कलम नै नचोप्ने, जोखिम पन्छ्याउने प्रवृत्ति बढ़ने निश्चित छ, – ज़िम्मेवारी र उत्तरदायित्व उसलाई दिइएको अधिकारभन्दा बढ़ी हुन सक्दैन।

यसलाई Principle of coherence in assigned power, duties and accountability भनिन्छ। काम देखाउने नाममा निर्दोष फसाइयो भने ‘हजार अपराधी छुटुन् एउटा निर्दोष नपरोस्’ भन्ने न्यायको सिध्दान्त आकर्षित हुन सक्दछ, – निर्णय गर्ने राजनीतिक नेतृत्व दोषजति कर्मचारीमा पन्छाउने गर्दछन्। Harold Laski को ‘Lightening Rod theory’ अनुसार दोष पन्छाए पनि जनताको नजरमा उनीहरु नै दोषी मानिन्छन्, – निर्णय गर्ने तहका पदाधिकारीहरुप्रति नरम र अन्य सहयोगीप्रति कठोर हुनुले कानूनको शासनको मर्मको उपहास हुँदैछ।

यस काण्डका वास्तविक निर्णयकर्ता र नेपथ्यका खेलाडीहरुप्रति कठोररुपमा प्रस्तुत हुनु र अन्यलाई अनुसन्धानमा सहयोग पुग्ने गरी सूचना जानकारीसम्म लिन सके अनुसन्धान परिपक्व हुन्छ। शाही आयोगले प्रतिशोध लिने गरी काम गर्न खोज्दा आयोग नै खारेज भएकोबाट शिक्षा लिनु राम्रो हुन्छ। यस्तो नहोस् कि असल नियतले शुरु गरिएको अभियान उत्ताउलो कामले तुहियोस्।