हो, यतिखेर संसारभरिका मानिसले मास्क लगाएका छन् । अनि भगवान गौतम बुद्धले पनि । आज शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जयन्ती । यस दिन उनले पनि थाहा पाए कि संसारलाई कोरोना नामको जीवाणूले दुःख दिएको छ । त्यसैले मानिसले यो जीवाणूबाट बच्नका लागि मास्क लगाएका छन् ।
त्यसैले आज उनले पनि मास्क लगाए । उनी नजिकै स्यानिटाइजर पनि राखेर बसेका छन् । उनलाई थाहा छ कि यी दुई चिजले कोरोनाका किटाणुलाई मार्न सक्छ । त्यसैले उनी पनि सामाजिक दूरी पालना गरेर बसेका छन् अनि मास्क र स्यानिटाइजर लिएका छन् ।
गौतम बुद्ध सानैदेखि संसारकै एक ज्ञानी र शान्त स्वभावका बालक थिए । त्यसैले त उनी पछि गएर संसारले नै पूजा गर्ने भगवान भए । आज पनि उनले मानिसको सबैको मनको कुरा बुझेका छन्, सबैको अप्ठेरोलाई महसुस गरेका छन् ।
त्यसैले त उनले आफ्नो जन्मदिन पनि मानिसहरुले भिडभाड नगरी मनाउन् भन्ने ठाने । मानिसहरु एकै ठाउँमा बस्नु, भिड गर्नु भनेको अहिलेको बेलामा रोगलाई निम्त्याउनु हो भन्ने कुरा उनलाई थाहा छ । त्यसैले उनी मास्क लगाएका छन् र साथैमा स्यानिटाइजर राखेर बसेका छन् ।

हामी पनि बुद्ध जस्तै बन्नुपर्छ । हामी पनि कोरोना महामारीबाट बच्न बुद्धजस्तै ज्ञानी हुनुपर्छ,सामाजिक दूरी कायम गर्नुपर्छ अनि मास्क लगाउनुपर्छ । अहिले हामीले पनि गौतम बुद्धको जस्तै परै बसेर र स्वास्थ्य मापदण्ड अपनाएर बर्थ डे मनाउनुपर्छ ।
लेखिका धमला भि एस निकेतन थापाथलीमा कक्षा ८ मा अध्यायनरत हुनुहुन्छ ।











