१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

म भावनात्मक र सेन्टिमेन्ट छु – प्रधानमन्त्री दाहाल

म भावनात्मक र सेन्टिमेन्ट छु – प्रधानमन्त्री दाहाल
तस्बिर: रासस
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भावनात्मक र सेन्टिमेन्ट रहेको बताउनुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले आफू भावनामा आएर प्रितम सिंहको भनाई उल्लेख गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रितम सिंहले राजनीतिमा पनि रुची राख्नुहुन्छ भन्ने प्रसंगमा मैले त्यो कुरा भनेँ । मैले बोल्दै जाँदा मैले २०६८–०६९ को कुरा भनेको हो । मैले छोरी र उनको बेडलाई, र प्रितम सिंहले भनेको कुर्सीलाई सम्झिएँ । यहाँहरुलाई थाहा नै छ म अलिकति भावनात्मक र सेन्टिमेन्ट छु । यही त भयो प्रचण्ड अब गर्नुहुन्छ के ?’

यस्तै, प्रधानमन्त्री दाहालले भावनामा आएर उक्त अभिव्यक्ति दिएको दोहोर्याउनुभयो । त्यो कुरा भन्न जरुरी नरहेपनि मनमा आएर भनेको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार भारतीय व्यवसायी प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनी धेरै पटक दिल्ली गएको बताउनुभएको थियो ।