१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक छ, जवाफ चाहिन्छ – सभापति लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताए ।

उनले भने ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ । त्यसका लागि प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो धारणा हो । प्रधानमन्त्रीले सदनलाई यसबारेमा खुलेर बताउनुपर्नेछ ।’

केही दिनअघिको प्रतिनिधि सभा बैठकमा एमाले सांसदपछि माओवादी केन्द्रका सांसदलाई बोल्न दिइएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त ग रे। उनले रास्वपालाई बाइपास गरेर आफ्नो कुरा राख्न नदिएको भन्दै आपत्ति जनाएका हुन् ।