२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्तालाई ओलीको निर्देशनः अझै निर्वाचन नहुन सक्छ, हामी सजग रहौँ



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नगराउने प्रयास अहिले पनि जारी रहेको बताएका छन् । 

स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममालाई आज पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै उनले निर्वाचन नगराउने षडयन्त्र अझै पनि जारी रहेकाले पार्टीका नेता तथा कार्यकर्तालाई सजग रहन निर्देशन दिएका हुन् । 

‘अझै पनि सजकतका साथ निर्वाचन निश्चित रुपमा गराउने र तोकिए अनुसार निर्वाचन गराउने कुरामा सजग हुन जरुरी छ । अहिले पनि सर्तक हुनुपर्छ निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ,’ उनले भने ।

आफूहरू निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्ने अध्यक्ष ओलीले बताए ।