१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

लागुऔषधविरुद्ध प्रहरीको अभियान

लागुऔषधविरुद्ध प्रहरीको अभियान
अ अ+ अ-

राँझा । बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको  कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत दैनिकजसोे लागुऔषध कारोबार तथा सेवनमा संलग्नलाई पक्राउ गर्दै आइएको छ । प्राप्त सूचनाका आधारमा बिहीबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

अछाम तुर्माखाँद घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्र्षीय प्रेम चलाउने र सोही जिल्लाका पञ्चदेव घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षीय गौरव विष्टलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । “केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालक नै पक्राउ परेको थियो”, उहाँले भन्नुभयो,“लागुऔषधविरुद्धको अपरेसन रोकिदैन । हामी युजरमात्रै होइन, डिलरलाई नै निमिट्यान्न पार्दैछौं ।”

लागूऔषध नियन्त्रण, उपचार तथा परामर्शका लागि जिल्लामा समुदाय– प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरी लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पुर्‍याउने अभियान सञ्चालन गरिएको नेपालगन्जस्थित सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशीले बताउनुभयो ।

जिल्लाका ग्रामीण क्षेत्रस्तरसम्म लागुऔषध बिक्री वितरक तथा प्रयोगकर्ता बढ्दै गएपछि न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो । सोही कार्यक्रमका लागि खजुरामा नागरिक सहायता कक्ष स्थापना भइसकेको छ । दुव्र्यसनमा फसेकालाई गाउँपालिकाको सिफारिसमा उपचार तथा परामर्शका लागि नेपालगञ्जमा रहेको परामर्श केन्द्रमा निःशुल्क परामर्श दिइने उहाँले बताउनुभयो ।

अध्यक्ष जोशीका अनुसार उक्त कक्षले लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पु¥याउने छ । सबैको सहकार्य र प्रहरीसँगको साझेदारीमा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श कार्यक्रम अझ अगाडि बढाइने छ ।