१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो शीर्ष नेताको बैठक, ओलीले भन्नुभयो– भरे देख्नुहुन्छ



अ+ अ-

काठमाडौँ । संसद्का दुवै सदन खुलाउने विषयलाई लिएर भएको तीन दलका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक बसेको थियो । बैठकपछि देउवा र ओली बाहिरिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका सन्दर्भमा प्रधानमन्त्री बैठकमा समाधानबारे शीर्ष नेताको बैठक राख्नुभएको थियो ।

बैठकबाट बाहिरिने क्रममा देउवा प्रतिक्रिया दिनुभएन । त्यस्तै एमाले अध्यक्ष ओलीले खासै प्रतिक्रिया दिन मान्नुभएन । आजको बैठकमा के सहमति भयो ?सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भन्नुभयो, “भरे देख्नुहुन्छ।”

आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीको अनुरोधमा सभामुख देवराज घिमिरेले सदन २ घण्टा पछि सार्नुभएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने माग राखेका छन् । तर सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।