• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

डी गा ले यसै सिजनबाट म्यान्चेष्टर छाड्ने घोषणा



इङलिस प्रिमियर लिगको महत्वपूर्ण टिम म्यान्चेष्टर युनाइटेडका गोलकिपर डी गा ले यसै समर सिजनबाट क्लब छाड्ने घोषणा गरेका छन् ।

उनले सामाजिक संजालबाट यस्तो घोषणा गरेका हुन् । उनी १२ वर्षदेखि म्यान्चेष्टर युनाइटेडमा पहिलो रोजाइका गोलकिपर थिए ।

उनले क्लब छाड्नुअघि लेखेको स्टाटसमा आफूले युनाइटेडमा रहँदा धेरै उतारचढाव देखेको बताउँदै क्लब छाड्दा आफू दुःखी भएको बताएका छन् ।

स्पेनका अन्तरराष्ट्रिय खेलाडी डी गा ले क्लबका लागि ५४५ खेल खेलेका थिए । उनी कुन क्लबमा आबध्द हुन लागेका हुन् भन्ने केही बताइएको छैन ।