५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

४० करोड पुरस्कार राशिको पब्जी प्रतियोगिता खेल्न डीआरएस साउदी अरेबिया प्रस्थान

४० करोड पुरस्कार राशिको पब्जी प्रतियोगिता खेल्न डीआरएस साउदी अरेबिया प्रस्थान
अ+ अ-

काठमाडौं । नेपाली पब्जी मोबाइल टिम डीआरएस गेमिङ ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२३’ अर्थात् पीएमडब्लूआईमा भाग लिन साउदी अरेबिया प्रस्थान गरेको छ ।

४० करोड रुपैयाँभन्दा बढीको पुरस्कार राशि भएको सो प्रतियोगिता खेल्न डीआरएस शनिबार साउदीको राजधानी रियाद प्रस्थान गरेको हो ।

अलस्टार्स स्टेज दक्षिण एसिया स्तरको भोटिङमा सबैभन्दा धेरै भोट पाएर डीआरएस पीएमडब्लूआईका लागि चयन भएको हो । यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० करोड नेपाली रुपैयाँभन्दा बढी छ ।

पीएमडब्लूआई अलस्टार्स स्टेज र मेन टुर्नामेन्ट गरी दुई चरणमा प्रतियोगित हुँदैछ । यो प्रतियोगितामा ‘डीआरएस गेमिङ’ले जुलाई ११ देखि १३ सम्म चल्ने अलस्टार्स स्टेजको १८ खेल खेल्दैछ, जुन प्रतियोगिताको पहिलो चरण रहेको छ ।

‘डीआरएस गेमिङ’सहित १८ टिम सहभागी रहेको यो खेलको लागि १३ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि तोकिएको छ । ​

अलस्टार्स स्टेजको खेल सकिँदा अङ्क तालिकाको शीर्ष पाँच टिमले मेन टुर्नामेन्टमा स्थानमा बनाउने छन् । जुन प्रतियोगिताको दोस्रो तथा प्रमुख चरण रहेको छ । यो चरणको खेल १४ जुलाई देखि १६ जुलाईसम्म चल्नेछ ।

मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

‘डीआरएस गेमिङ’ले मेन टुर्नामेन्टमा स्थान बनाउनको लागि अलस्टार्स स्टेज पार गर्नुपर्ने हुन्छ । मेन टुर्नामेन्टका लागि २६ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि छुट्याइएको छ । प्रतियोगिता साउदी अरेबियाको राजधानी रियादमा हुनेछ ।