२३ असार २०८३, मंगलवार
,
Latest
विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । विश्वकप छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश फर्केको छ ।

जिम्बाब्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी १० टिममध्ये नेपाल आठौँ स्थानमा रहेर स्वदेश फिर्ता भएको हो ।

टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका थिए ।

स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचेअनुसारको नतिजा नआएको तर धेरै कुरा सिकेको प्रतिक्रिया दिए ।

एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनको भनाइ थियो ।