१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री भन्नुहुन्छ– ललिता निवास प्रकरणको छानबिनमा राजनीतिक हस्तक्षेप छैन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको बताउनुभएको छ ।

निजी निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने स्पष्ट गर्नुभयो ।

तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्ने उहाँको भनाइ थियो । “तथ्य र प्रमाण छैन भने कसैलाई दु:ख दिन मिल्दैन”, उहाँले भन्नुभयो ।

उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) त्रिताल आयोगको प्रतिवेदनका आधारमा ललिता निवासबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।