५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
अ+ अ-

काठमाडौँ । सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत प्रशारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ ।

असार १९ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीवार मन्त्री शर्माले सरकारले भन्सार तथा लजिस्ट्रि सुधार कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले शासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि बताउनु भयो । सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरुको सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने, पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना अन्तर्गत सडक सीमाभित्र पर्ने कास्की जिल्लाको रुडीखोला भैंसे सडकखण्डका घर टहरा हटाउन स्वीकृत दिने, थाइल्याण्डको बैंककमा हुने फोर्थ हाइलेभल पोलिसी फोरम मल्टीनिगल एजुशकेशन कार्यक्रम र सेभेन्थ इन्टरनेशनल कन्फ्रेन्स अन ल्याङ्ग्वेज एण्ड एजुकेशन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिने र निजामति सेवाको राजपत्राङ्कित विशष्टि श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘एमसीए नेपालले निर्माण गर्ने विद्युत प्रशारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

भन्सार तथा लजिस्ट्रि सुधार कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूर्ण ऋण स्वीकार गर्ने ।

शासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरुको सरुवा गर्ने ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने ।

पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना अन्तर्गत सडक सीमाभित्र पर्ने कास्की जिल्लाको रुडीखोला भैंसे सडकखण्डका घर टहरा हटाउन स्वीकृत दिने ।

थाइल्याण्डको बैंककमा हुने फोर्थ हाइलेभल पोलिसी फोरम मल्टीनिगल एजुशकेशन कार्यक्रम र सेभेन्थ इन्टरनेशनल कन्फ्रेन्स अन ल्याङ्ग्वेज एण्ड एजुकेशन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिने ।

निजामति सेवाको राजपत्राङ्कित विशष्टि श्रेणीको रिक्त पदमा श्री घनश्याम उपाध्यायलाई बढुवा गर्ने ।

हुलाक वचत बैंकमा रहेका वचत कर्ताका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने ।’

प्रवक्ता शर्माले सरकारले हुलाक वचत बैंकमा रहेका वचत कर्ताका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको पन िबताउनु भयो ।