• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली ★   ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’ ★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने

मल आपूर्तिका समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस्: विष्णु पौडेल



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चाहिने बेलामा मल आपूर्ति नगर्ने र त्यसको असर कृषकलाई पार्नु नहुने बताउनु भयो । उहाँले कृषि उत्पादनमा असर पर्दा समग्र खाद्य चक्रमा नै असर पर्ने भन्दै सरकारले यसबारेमा समयमा नै सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले रासयनिक मल सार्वजनिक खरिद वा जिटुजीको प्रक्रिया जुनकुनैबाट गरेपनि खरिदका लागि समयसीमा निर्धारण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चाहिने बेलामा मल नआउने र त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्ने, जनताको जीवनमा पर्ने जुन स्थिति छ, यसलाई शिघ्र अन्त्य गर्नका निम्ति तत्काल मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति चाल्नुपर्ने कदमका लागि प्रभावकारी रुपमा कदम चालियोस् । हाम्रो माग कति हो, त्यसको आधारमा माग यकिन होस् । सार्वजनिक खरिद वा जिटुजीको प्रक्रियाबाट खरिद गर्छौं, त्यसका निीम्त टाइम बाउण्ड क्यालेण्डर लागू गरौँ र जुन कम्पनीमार्फत हामी खरिद गर्छौं, उनीहरुका निम्ति पनि खरिद गर्ने समयसीमा निर्धारण गर्ने हिसावले सम्झौता गरौँ । त्यो ढंगले जाँदा समस्या समाधान गर्न सकिन्छ । बजेटको अभाव हुँदैन भन्ने जुन कुरा छ, यो केही हदसम्म समाधान दिएको छ ।’

सांसद पौडेलले रासयनिक मलमा बजेट अभाव हुन नदिनका लागि सरकारले आवश्यक पहलकदमी गर्नुपर्ने बताउनु भयो ।